ग्लोबल आईएमई बैंकका शाखा अब तोकिएका सबै स्थानीय तहमा |
काठमाडौं । ग्लोबल आईएमई बैंक लिमिटेडले नेपाल राष्ट्र बैंकले तोकेअनुसारका सबै स्थानीय तह (गाँउपालिका तथा नगरपालिका) मा आफ्ना शाखा कार्यालयहरू पुर्याउन सफल भएको छ । बैंकले संखुवासभा जिल्लाको भोटखोला गाँउपालिका– ३, हटियाबजारमा नयाँ शाखा कार्यालयको उद्घाटन गरेसँगै राष्ट्र बैंकले तोकेअनुरुपका सबै स्थानीय तहमा शाखा पुर्याउन सफल भएको हो ।
उक्त शाखाको स्थापनासँगै अब यस बैंकको शाखा संख्या १३५ पुगेको छ । वाणिज्य बैंकहरूले २४३ स्थानीय तहमा आफ्नो शाखा स्थापना गरी सञ्चालनमा ल्याउनुपर्ने नेपाल राष्ट्र बैंकको निर्देशन अनुसार ग्लोबल आईएमई बैंकलाई तोकिएका १७ स्थानीय तहमध्ये १७ वटै स्थानमा आफ्ना शाखाहरू पुगिसकेको बैंकले जानकारी गराएको छ ।



