काठमाडौं । हरेक वर्ष कात्तिक कृष्ण त्रयोदशीदेखि कात्तिक शुक्ल द्वितीयासम्म मनाइने हिन्दूको दोस्रो ठूलो चाड यमपञ्चक अर्थात तिहार आजबाट शुरु भएको छ । तिहारको पहिलो दिन आज कागको पूजा गरी मनाइँदै छ ।
काठमाडौं । स्पर्श लघुवित्त वित्तीय संस्थाको प्रस्तावित ३२.५ प्रतिशत साधारण शेयर (आईपीओ) निष्कासन गर्ने प्रस्ताव पारित भएको छ । आज सम्पन्न संस्थाको दोस्रो वार्षिक साधारणसभाले उक्त प्रस्ताव पारित गरेको हो ।
कैलाली । बलात्कारपछि हत्या गरिएकी कञ्चनपुरकी निर्मला पन्तका बुबा यज्ञराज पन्तले सरकारलाई अब पनि दोषी पत्ता लगाउन नसके सपरिवार आमरण अनशनमा ओर्लिने चेतावनी दिएका छन् ।
काठमाडौं । बाह्रौँ गोदावरी फूलको प्रतियोगितात्मक प्रदर्शनी ४४ हजार ५ सय जनाले अवलोकन गरेका छन् । ४ दिनमा ६२ लाख रुपैंयाको कारोबार गर्दै आइतबार पुष्प मेला सकिएको छ ।
काठमाडौं । एनआईसी एशिया बैंक र सामुदायिक विद्युत् उपभोक्ता राष्ट्रिय महासंघ नेपालबीच बैंकिङ साझेदारी तथा वित्तीय क्षमता विकास गर्नेसम्बन्धी सम्झौता भएको छ ।
काठमाडौं । उपत्यका बाहिरका चारवटा विमानस्थल विस्तार गरिने भएको छ । नेपाल नागरिक उड्डयन प्राधिकरणका अनुसार चन्द्रगढी, भरतपुर, धनगढी र सिमीकोट विमानस्थलको रनवेहरुमा पाँच सेन्टिमिटर देखि छ सेन्टिमिटर सम्म विस्तार गरिने छ ।
काठमाडौं । ‘झिलिमिली बत्तीको चाड’ भनेर चिनिने तिहार शुरू हुँदै गर्दा घर सजावटमा सबैको आकर्षण बढेको छ । तुलनात्मक रूपमा चाडपर्वको समयमा घरको सफाइदेखि सजावटमा बढी ध्यान दिइने हाम्रो संस्कार पनि छ । त्यसैले विभिन्न किसिमका रंगीबिरंगी बत्तीको बिक्री वितरण तिहार नजिकिएसँगै उच्च छ ।