काठमाडौं । आइएमई लिमिटेड र पल्पसा क्याफेबीच सम्झौता भएको छ । सम्झौता अनुसार आइएमई प्रिभिलेज कार्डवाहक सेवाग्राहीलाई उक्त क्याफेमा १५ प्रतिशत छुट पाउने भएको छ ।
काठमाडौं । नेपाल स्टक एक्सचेन्जले भोलि मंगलबारदेखि पूर्णरुपमा स्वचालित अनलाइन प्रणालीबाट कारोबार शुरु गर्ने भएको छ । अनलाइनमा जानुभन्दा एक दिन अगाडि आज शेयर बजारमा दोहोरो अंकले सुधार देखिएको छ ।
तिहारमा बत्ती, रङ तथा फूलको विशेष महत्व हुन्छ । यस पर्वमा यस्ता सामग्रीले घर सजाउने गरिन्छ । रङ्गोली बनाएर पनि तिहारको उत्सव मनाइन्छ । नेपालको तराई क्षेत्रमा घर सजाउन तथा उत्सव मनाउन प्राचीन समयदेखि नै रङ्गोली बनाउने परम्परा छ ।
तिहार नजिकिँदै गर्दा नेपाली बजारमा विभिन्न सरसामग्री किन्नेहरूको चहलपहल बढेको छ । अन्य बजारको जस्तै तिहारमा अधिक मात्रामा विक्री हुने चाँदी तथा तामा पित्तलका भाँडाकुडा बजारमा पनि चाप बढ्न थालेको छ । तामा र पित्तलको भाँडाकुडाका लागि उपत्यकामा पाटन शहर प्रसिद्ध छ ।
अहिले देशैभर तिहारको रमझम शुरू भइसकेको छ । घरआँगनमा ढकमक्क फूल फुलेका छन्, घरकोठाको सजावट र रङरोगन गरिँदै छ, विदेशिएका दाजुभाइहरू घर फर्कन थालेका छन् भने दिदीबहिनीहरूले यो उत्सवलाई ‘विशेष’ बनाउन सोहीअनुसार तयारी थाल्दै छन् ।
ओखलढुंगा । नेपाली कांग्रेस ओखलढुंगाका युवा नेता तथा महासमिति सदस्य कुमार लुइँटेलले आफ्नो सक्रियतामा सञ्चालित शैक्षिक अभियानअन्तर्गत ओखलढुंगाको सुनकोशी गाउँपालिका– ९, ककनीका विपन्न परिवारका बालबालिकाहरुलाई शैक्षिक सामग्री वितरण गरेका छन् ।