इन्भेष्टमेण्ट बैंकको एटीएम मेशिन फुटाउँदै गर्दा पक्राउ |
काठमाडौं । प्रहरीले बैंकको एटीएम मेशिन फुटाउँदै गरेको अवस्थामा काठमाडौंमा दुई जनालाई पक्राउ गरेको छ । महानगरीय प्रहरी वृत्त कमलपोखरीले आज सोमवार इन्भेष्टमेण्ट बैंकको एटीएम मेशिन फुटाउँदै गरेको अवस्थामा बानेश्वर बस्ने उदयपुरका अशोक पुरी र काभ्रेपलाञ्चोकका सोनाम गुरुङलाई पक्राउ गरेको हो ।
प्रहरीका अनुसार उनीहरूलाई काठमाडौं महानगरपालिका– ९, लोत्से चोकस्थित इन्भेष्टमेण्ट बैंकको एटीएम मेशिन फुटाउँदै गरेको अवस्थामा पक्राउ गरिएको हो । उक्त घटनाका सम्बन्धमा थप अनुसन्धान कार्य भइरहेको प्रहरीले बताएको छ ।

