रोकिएको प्रदेश २ को एसईई परीक्षा चैत २२ देखि |
काठमाडौं । प्रश्नपत्र बाहिरिएपछि रोकिएको प्रदेश नं २ कोे एसईईको परीक्षा यही चैत २२ देखि २९ गतेसम्म सञ्चालन हुने भएको छ । परीक्षा बोर्डको आज सोमवार बसेको बैठकले उक्त निर्णय गरेको हो ।
बोर्डका सदस्यसचिव दुर्गा अर्यालका अनुसार प्रश्नपत्र बाहिरिएको विज्ञान विषयको परीक्षा चैत २२ गते र सामाजिक विषयको परीक्षा चैत २३ गते सञ्चालन हुनेछ । त्यसैगरी, चैत २४ गते जनसंख्या, संस्कृत, कर्मकाण्ड र ज्योतिष विषय, चैत २५ गते वेद विषय तथा चैत २६ गते ऐच्छिक विषयको परीक्षा सञ्चालन हुनेछ । त्यस्तै, चैत २७, २८ र २९ गते प्राविधिक विषयको परीक्षा हुनेछ ।

