काठमाडौँ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले सञ्चालनमा ल्याएको पूर्ण स्वचालित अनलाइन कारोबार प्रणालीमा संचालनमा समस्या देखिएको छ । कारोबार प्रणालीमा समस्या देखिएका कारण लगानीकर्ताले वेब साइटमा प्रत्यक्ष कारोबार हेर्न पाएका छैनन्।
दाङ । नेपाल एयरलाइन्सले काठमाडौंबाट दाङको तलुसीपुरमा हवाई सेवा थप गरेको जानकारी दिएको छ । सातामा दुई दिन हुँदै आएको उडान अब मंसिर १ गतेदेखि सातामा तीन दिन हुने छ ।
काठमाडौं । पत्रकारहरुको तेस्रो चरणको दुर्घटना बीमा कार्यक्रम शुरु भएको छ । सूचना विभाग र नेपाल पत्रकार महासंघबाट श्रमजीवी तथा स्वतन्त्र पत्रकारहरूका लागि तेस्रो चरणको बीमा कार्यक्रम शुरु भएको हो ।
काठमाडौं । स्ट्याडर्ड चार्टर्ड बैंकले गत आर्थिक वर्षको नाफाबाट १७.५ प्रतिशत नगद लाभांस घोषणा गरेको छ । बैंकको ३७६औ संचालक समितिको बैंठकले शनिवार गत आर्थिक वर्षको नाफाबाट नगद लाभांस दिने निर्णय गरेको हो ।
काठमाडौं । बरुण हाइड्रोपावरले चालु आर्थिक बर्षको पहिलो त्रैमासमा एक करोड १५ लाख ८४ हजार रुपैयाँ नाफा आर्जन गरेको छ । हाइड्रोपावरको नाफा गत बर्षको यसै अवधिको तुलनामा ३८.१ प्रतिशतले घटेको हो ।
बुटवल । नेपालमै पहिलो पटक हुन लागेको त्रिपिटक वाचन कार्यक्रमका लागि लुम्बिनी क्षेत्रलाई सजाउन थालिएको छ । देश विदेशबाट आउने भिक्षुहरुले तीन दिनसम्म त्रिपिटक वाचन गर्ने कार्यक्रम तय भएपछि लुम्बिनीको मायादेवी परिसर सिँगार्न थालिएको हो ।
धनगढी । सुदूरपश्चिम प्रदेश सरकारका सामाजिक विकासमन्त्री दीर्घबहादुर सोडारीले प्रयोग गर्र्दै आउनुभएको बा२झ ३१२५ नं को स्कारपियो जिप गए राति कैलालीमा दुर्घटना हुँदा तीन जना घाइते भएका छन् ।
काठमाडौं । चितवनको हर्दीमा सवारी दुर्घटना हुँदा एक जनाको मृत्यु भएको खबर आएको छ । दुर्घटनापछि पूर्व पश्चिम राजमार्ग अवरुद्ध हुँदा सयौं सवारी साधन बीच बाटैमा रोकिएका छन् ।
ललितपुर । नेपाल पुनर्बीमा कम्पनीले सर्वसाधारणका लागि शेयर जारी गर्ने बताएको छ । कम्पनीले आइपीओको सम्पूर्ण प्रक्रिया तीन महिना भित्र पुरा गर्ने जानकारी दिएको हो ।