बागबजारमा स्ट्यान्डर्ड राष्ट्रिय पोशाक नामको शोरुम सञ्चालनमा, बैशाखभरी १५ प्रतिशत छुट पाइने |
काठमाडौं । काठमाडौंको बागबजारमा स्ट्यान्डर्ड राष्ट्रिय पोशाक सञ्चालनमा आएको छ । २०५१ सालदेखि नमस्ते स्ट्यान्डर्ड टेलर्स मार्फत सटिङ ∕सुटिङ सञ्चालन गर्दै आएको समूहले नेपाली पोशाकको शोरुम शुरु गरेको हो ।
शोरुममा सम्पूर्ण प्रकारका नेपाली पोशाक पाइनुका साथै अर्डर अनुसार तयारी गरिने सञ्चालक संगीता प्रधानले जानकारी गराइन्। । शोरुममा दुलाहाका लागि आवश्यक नेपाली पोशाकको सम्पूर्ण सेट समेत उपलब्ध रहेको छ ।
शोरुममा एक हजार ७०० देखि सात हजार रुपैयाँ सम्मका नेपाली पोशाक पाइने प्रधानको भनाइ छ । शोरुममा ढाका टोपी, कालो टोपी, राष्ट्रिय झण्डा विवाहको दौरा सुरुवाल वेस्ट तथा ज्वारी कोट, ढाकाको जुत्तालगायतका कपडाहरु पाइन्छ । राष्ट्रिय पोशाकप्रति ग्राहकको रुची र बढ्दो मागका कारण सम्पूर्ण राष्ट्रिय पोशाक पाइने शोरुम सञ्चालन गरिएको प्रधानको भनाई छ ।
बागबजार पिके क्याम्पसको ठिक अगाडि रहेको स्ट्यान्डर्ड राष्ट्रिय पोशाकमा बच्चाहरुको लागि पनि सम्पूर्ण सेट पाइने बताइएको छ । नयाँ वर्ष २०७६ को अवसरमा शोरुमले १५ चैतदेखि बैशाख महीनाभर १५ प्रतिशत छूट समेत दिएको छ ।
Visited 1 times, 1 visit(s) today


