राष्ट्रपति र प्रधानमन्त्रीबारे अनावश्यक पोष्ट गर्नेमाथि कारबाही हुन्छ : मन्त्री बाँस्कोटा |
काठमाडौं । सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुल बाँस्कोटाले राष्ट्रपति र प्रधानमन्त्रीका बारेमा अनावश्यक पोष्ट गर्नेहरूलाई कारबाही गर्ने बताएका छन् । उनले भने, ‘राष्ट्रपति र प्रधानमन्त्रीको सम्बन्धबारे गरिएका अनावश्यक पोष्ट हामीसँग सुरक्षित छन्, तिनीहरूलाई कारबाही गरिनेछ, त्यसै छोड्दैनौं ।’
मन्त्री बाँस्कोटाले सूचना प्रविधिका सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकमाथि विकास तथा प्रविधि समितिमा छलफलका क्रममा त्यस्तो बताएका हुन् । उनले देश टुक्र्याउँछु भन्दै फेसबुक र युट्युबमा भिडियो हाल्नेहरू पनि कारबाहीमा पर्ने स्पष्ट पारे । उनले भने, ‘कसैले देश टुक्र्याउनकै लागि फेसबुक वा युट्युबमा आव्हान गर्यो भने के गर्ने ? तर, अब हामी चुप लागेर बस्दैनौं ।’



