सिजीले ल्यायो ‘नयाँ वर्ष, नयाँ प्रविधि’ स्किम, क्यासब्याक पनि पाइने |
काठमाडौं । सिजीले यसपालीको नयाँ वर्षलाई लक्षित गर्दै ‘नयाँ वर्ष, नयाँ प्रविधि’ नामक नयाँ उपहार योजना ल्याएको छ ।
यो उपहार योजनाअन्तर्गत अब ग्राहकहरुले सिजी ब्राण्डका विभिन्न इलेक्ट्रोनिक्स सामानहरुको खरिदमा १० वर्षसम्मको वारेन्टी उपलब्ध हुने छ । २८ प्रतिशतसम्मको आकर्षक बचत (क्यास ब्याक) तथा अन्य विभिन्न पक्का उपहारहरु प्राप्त गर्ने छन् ।
यो योजनाअन्तर्गत ग्राहकहरुले सिजी ब्राण्डका टेलिभिजनहरुको खरिदमा ३ वर्ष सम्मको वारेन्टी तथा २८ प्रतिशतसम्मको बचत प्राप्त गर्न सक्नेछन् । सिजी ब्राण्डका रेफ्रिजरेटरहरुको खरिदमा ६० महिनाको वारेन्टी र २८ प्रतिशतसम्मको बचत प्राप्त गर्न सक्नेछन् ।
सिजी ब्राण्डका विभिन्न वाशिङ मेशिनहरुको खरिदमा १० वर्षसम्मको वारेन्टी तथा वाटर प्यूरिफायर प्राप्त गर्न सकिनेछ । साथै सिजी ब्राण्डका अन्य थुप्रै इलेक्ट्रोनिक्स प्रोडक्टहरुमा पनि यस्तै आकर्षक पक्का उपहारहरु रहेको छ ।



