काठमाडौं । नेपाल राष्ट्र बैंकले आज पुनः करिब ८ अर्ब रुपैयाँको ट्रेजरी बिल जारी गर्दै छ । अघिल्लो साता ३ अर्ब ४७ करोड रुपैयाँको ट्रेजरी बिल जारी गरेको नेपाल राष्ट्र बैंकले गत मंगलवार ७ अर्ब ७८ करोड रुपैयाँको ट्रेजरी जारी गर्न सार्वजनिक सूचना जारी गरेको थियो ।