मेगा बैंकको अस्ट्रेलियाबाट मेगा रेमिट शुरु, खाता नभएकालाई पनि निːशुल्क सेवा |
काठमाडौं । मेगा बैंक नेपाल लिमिटेडले अष्ट्रेलियाबाट पनि ‘मेगा रेमीट’ सेवा शुरु गरेको छ ।
अष्ट्रेलियाको अजिज फरेक्स एण्ड फाइनान्स कम्पनीसँगको साझेदारीमा मेगा बैंकले अष्ट्रेलियाबाट ‘मेगा रेमीट’ सेवा शुरु गरेको हो । अष्ट्रेलियाबाट ‘मेगा रेमीट’ सेवा पहिलोपटक शुरु गरिएको हो ।
अब अष्ट्रेलियाबाट नेपालमा मेगा बैंक र मेगा बैंकका देशभर छरिएका २३ सय भन्दा बढी एजेण्टमार्फत तुरुन्तै रकम पठाउन र भुक्तानी लिन सकिनेछ । मेगा बैंकमै खाता भएका ग्राहकहरुका लागि रेमीट सेवा निःशुल्क गरिएको बैंकले जानकारी दिएको छ ।

