काठमाडौं । सरकारले श्रमिक आपूर्ति व्यवसाय (आउट सोर्सिङ) लाई कानुनी दायरामा ल्याएको छ । योसँगै १३१ वटा कम्पनीले आउटसोर्सिङका लागि इजाजत पाउन सफल भएका छन् । तर, देशभर ३१ सयभन्दा बढी यस्ता आउट सोर्सिङ कम्पनीहरु रहेको अनुमान छ ।
काठमाडौं । २४ वटा वाणिज्य बैंकले आर्थिक वर्ष २०७५ ⁄ ०७६ को दोस्रो त्रैमासको वित्तीय विवरण प्रकाशित गरिसकेको छ भने बाँकी ४ वटा कम्पनीले प्रकाशन गर्ने क्रममा रहेको छ ।
काठमाडौं । भैरहवामा केन्द्रीय कार्यालय रहेको उन्नति माइक्रोफाइनान्स वित्तीय संस्था लिमिटेडले ४० दशमलव ५० प्रतिशत बोनस शेयर र त्यसको कर प्रयोजनार्थ २ दशमलव १३ प्रतिशत नगद लाभांश प्रदान गर्ने प्रस्ताव पारित गरेको छ ।
काठमाडौं । सरकारले जलविद्युत्लगायत देशका पूर्वाधार क्षेत्रका आयोजनामा विदेशी लगानी भित्र्याउने लक्ष्यका साथ ‘हेजिङ फण्डसम्बन्धी नियमावली, २०७५’ पारित गरेको छ ।
काठमाडौं । नेपालमा सञ्चालनमा आउने विभिन्न ठूला पब्लिक कम्पनीहरूको प्राथमिक शेयर (आईपीओ) निष्कासनमा वैदेशिक रोजगारीमा रहेका नेपालीका परिवारका लागि ५ प्रतिशत आरक्षण गरिनुपर्ने सुझाव आएको छ ।