म्याक लुब्रिकेन्टसको डिलर भेला सम्पन्न |
काठमाडौं । सिप्रदी ट्रेडिङ र भारत पेट्रोलियमले म्याक लुब्रिकेन्टसको डिलर मिट गरेको छ । मुलुकभरमा आधिकारिक डिलर भेलामा सहभागी भएका थिए ।
कार्यक्रममा सिप्रदीका प्रमुख कार्यकारी अधिकृत राजनबाबु श्रेष्ठले बजार हिस्सा बढाउन अझै एग्रेसिभ रणनीति अख्तियार गर्ने बताए । भारत पेट्रोलियमका नेपालका प्रवन्धक मुकुन्द धमलाले म्याकका लागि नेपालको बजार महत्वपूर्ण रहेको बताए ।
कार्यक्रममा सिप्रदीका सहायक प्रवन्धक रोशनकुमार श्रेष्ठले कम्पनीले बजार हिस्सा बढाउन लिएको रणनीतिका बारेमा जानकारी दिए । कार्यक्रममा सिप्रदीका प्रमुख संचालन अधिकृत राजेशप्रसाद गिरीले गुणस्तरीय उत्पादन बिक्री गरेर उत्कृष्ट भएका डिलरलाई बधाई दिए ।




