काठमाडौं । सरकारले वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्रको कार्यकारी निर्देशक पदमा मधुसुदन अधिकारीलाई नियुक्त गरेको छ । मन्त्रिपरिषद् बैठकले ४ वर्ष लागि अधिकारीलाई नियुक्त गरेको हो ।
काठमाडौं । आगामी आइतबारदेखि देशैभर मौसम सफा हुने जल तथा मौसम विज्ञान विभाग पूर्वानुमान महाशाखाले जानकारी दिएको छ । गत मंगलबारदेखि पश्चिमी न्यूनचापीय प्रणालीको प्रभाव देखिएपछि देशैभर वर्षासँगै हिमाली क्षेत्रमा हिमपात भइरहेको छ ।
काठमाडौं । राष्ट्रिय गौरवको आयोजनाका रुपमा रहेको निजगढ विमानस्थल निर्माणका लागि अन्तरराष्ट्रिय दाताको खोजी भइरहे पनि विश्वासिलो आधार नभए सरकार आफैँले काम अघि बढाउने भएको छ ।
काठमाडौं । काठमाडौंको दक्षिण–पश्चिम क्षेत्रमा अवस्थित चन्द्रागिरी डाँडामा हिउँ परेको छ । पश्चिमी वायुको प्रभावस्वरुप केही दिनदेखि भइरहेको देशव्यापी वर्षाले चिसो बढाएपछि चन्द्रागिरी, फूल्चोकीलगायत काठमाडौं वरिपरिका डाँडाकाँडामा हिउँ परेको हो ।
सोसल नेटवर्किङ्ग साइट फेसबुकले अन्ततः प्रयोगकर्ताले व्यग्र रुपमा प्रतीक्षा गरिरहेको निकै कामलाग्ने फिचर लञ्च गरेको छ । वास्तवमा फेसबुकले मेसेन्जर प्रयोगकर्ताका लागि अनसेन्ड फिचर ल्याएको हो ।
काठमाडौं । एसियाली विकास बैंक (एडीबी) र एजेन्स फ्रान्स डिभलपमेन्ट (एएफडी) बीच संयुक्त लगानीका परियोजनामा लगानी गर्ने सहमति भएको छ । आगामी पाँच वर्षका लागि पाँच अर्ब डलर लगानी गर्ने सहमति भएको हो ।
काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से) को सञ्चालक समितिको बैठक बस्न सकेको छैन । बैठक बस्न नसक्दा मार्जिन कारोबारको लागि निर्देशन जारी गर्न नेप्सेले नसकेको हो ।