काभ्रेपलाञ्चोक, (चौतारा) । सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिकाअन्तर्गत तातोपानीमा निर्माणाधीन ४५ मेगावाट क्षमताको माथिल्लो भोेटेकोशी जलविद्युत् आयोजनाको अहिलेसम्म ४० प्रतिशत काम सम्पन्न भएको छ ।
वीरगञ्ज । वीरगञ्जका उद्योगी निरञ्जन अग्रवाल पक्राउ परेका छन् । उनलाई इटालियन चुइङ्गम कम्पनी परफेटी भेन इटालीको ब्राण्ड चोरेको अभियोगमा पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय पर्साले जानकारी दिएको हो ।
नयाँ दिल्ली । नेपालमा बैंकको ब्याजदर चर्को भयो भन्दै ब्याज दरलाई सन्तुलनमा ल्याउन उद्योगी व्यवसायीहरू आन्दोलनमा उत्रेकै समयमा भारतको केन्द्रीय बैंक रिजर्भ बैंक अफ इण्डिया (आरबीआई) ले भने आफैंले ब्याजदर घटाएको छ ।
काठमाडौं । युनिभर्सल पावर कम्पनीले सर्वसाधारणका लागि प्राथमिक शेयर (आईपीओ) आजबाट विक्री खुला गरेको छ । कम्पनीले दोस्रो चरणमा सर्वसाधारणका लागि शेयर विक्री खुला गरेको हो ।
काठमाडौं । नेपाली लाइसेन्सलाई अन्तरराष्ट्रिय मान्यता दिलाउन पहल शुरु गरिएको छ । सरकारले नेपालबाट जारी भएका सवारी चालक अनुमतीपत्र (मोटर ड्राइभिङ लाइसेन्स) बाटै विदेशमा तीन महिनासम्म सवारी साधन चलाउन सक्ने व्यवस्था गर्न लागेको हो ।
काठमाडौ । आशा लघुवित्त वित्तीय संस्थाले जारी गरेको आईपीओ शुक्रबार बाँडफाँड भएको छ । धितोपत्र निकाष्शन तथा बाँडफाँड नियमावली अनुरुप १० कित्ताका दरले गोलाप्रथाबाट ६२ हजार ९९३ आवेदकले लघुवित्तको शेयर हात पारेका छन् ।
काठमाडौं । ललितपुर फाइनान्स लिमिटेडले दोस्रो त्रैमासमा ३ करोड ३३ लाख रुपैयाँ नोक्सानमा रहेको छ । जसले अघिल्लो वर्षको सोहिअवधिमा नाफा ५ करोड ४४ लाख रुपैयाँ कमाएको थियो ।