क्याम्पियन कलेजले गर्यो स्नातक उपाधी कार्यक्रम |
काठमाडौं । चौधरी गु्रपअन्तर्गत रहेको सीजी एजुकेशनद्घारा संञ्चालित क्याम्पियन कलेजले आफ्नो स्नातक उपाधि कार्यक्रम गरेको छ । कार्यक्रममा करिब १५० जना विद्यार्थीले स्नातक उपाधी लिएका थिए ।
कार्यक्रम कलेज व्यवस्थापन समितिका अध्यक्ष दामोदरप्रसाद लामिछानेको अध्यक्षतामा र नविल बैँकका प्रमुख कार्यकारी अधिकृत अनिलकेशरी शाहको प्रमुख आतिथ्यतामा भएको थियो ।
कार्यक्रममा त्रिभुवन विश्व विद्यालयका मानविकी तथा सामाजिक विज्ञानका डीन प्राडा शिवलाल भुसालले स्नातक उपाधि विद्यार्थीहरुलाई सफल अध्ययनका लागि शुभकामना दिए । त्रिभुवन विश्व विद्यालयका व्यवस्थापन संकायका डीन प्राडा डिल्लीराज शर्माले आजको सूचना र प्रविधिको युगमा विद्यार्थीहरु आफूलाई अब्बल सावित गर्नुपर्ने चुनौती रहेको बताए ।
सीजी कर्प ग्लोबलका कार्यकारी निर्देशक निर्वाणकुमार चौधरीले विद्यार्थीहरुमा उद्यमशिलताको विकास हुनुपर्ने बताए । नबिल बैंकका प्रमुख कार्यकारी अधिकृत शाहले विद्यार्थीलाई उर्जावान र आफ्नो उदेश्यमा लगनशील भएर लाग्न आग्रह गरे ।




