एनआईसी एशिया र मेघा हस्पिटलबीच सम्झौता |
काठमाडौं । एनआईसी एशिया बैंक लिमिटेड र मेघा हस्पिटलबीच सेवा सम्बन्धि सम्झौता भएको छ । बैंकका कर्मचारी, बैंकका डेबिट एवं क्रेडिट कार्डवाहक तथा सम्पूर्ण ग्राहकवर्गलाई मेघा हस्पिटलमा उपचार गराउँदा विभिन्न सेवा सुविधाहरुमा २० प्रतिशतसम्म र फार्मेसीमा १० प्रतिशतसम्मको छुट प्रदान गर्ने सम्झौता भएको छ ।
उक्त सम्झौतापत्रमा बैंकको तर्फबाट डिजिटल विजनेश विभागका इन्चार्ज रौनक करवा र मेघा हस्पिटलको तर्फबाट हस्पिटलका अध्यक्ष किशोर जंग राणाले हस्ताक्षर गरेका छन् ।
बैंकको मुलुकभर २९२ शाखा कार्यालयहरु, ३०२ एटीएम, ४७ वटा एक्स्टेन्सन काउण्टर एवं ४१ वटा शाखारहित बैंकिङ्ग इकाईमार्फत् बैंकिङ्ग सेवा प्रदान गरिरहेको छ ।




