सिभिल बैंकले पायो आईएसओ सर्टिफिकेट |
काठमाडौं । सिभिल बैंकले ले आईएसओ सर्टिफिकेट प्राप्त गरेको छ । समृद्धिको लागि सिभिल बैंक भन्ने नारा लिएको उक्त बैंकले ‘आईएसओ ९००१ː२०१५’ प्राप्त गर्न सफल भएको छ ।
सर्टिफिकेट प्रदान गर्ने संस्था युनाइटेड रजिष्ट्रर अफ सिस्टम (युआरएस)का नेपाल प्रतिनिधि प्रकाश पौडेलले कार्पोरेट अफिस सुन्धारमा सिभिल बैंकका प्रमुख अधिकृत गोविन्द गुरुङलाई हस्तान्तरण गरेको हो ।
उक्त प्रमाणपत्र कुनै पनि संस्थाले आप्mनो सेवा र सुविधालाई ग्राहक केन्द्रित बनाउन परिस्कत गर्दै अनवरत रुपमा अन्तरराष्ट्रिय सेवा तथा सुविधाहरु प्रदान गर्दा पाईने गुणस्तरको प्रमाणिकरण हो ।
उक्त अवसरमा बैंकका सीईओ गुरुङले आगामी दिनमा पनि बैंकलाई ग्राहकमैत्री र ग्राहकहरुकै चहाना अनुरुप सुविधाहरु आधुनिक डिजिटल बैंकिङ प्रोडक्टहरु ल्याउने बताए ।




