काठमाडौं । काठमाडौंमा झारफुक गर्ने ‘माता’को विश्वासमा पर्दा एक बालिकाको ज्यान गएको छ । सिन्धुपाल्चोकको चौतारा साँगाचोकगढी–२ कि १४ वर्षीय बालिकाको शनिबार मृत्यु भएको काठमाडौं प्रहरी परिसरका प्रहरी उपरीक्षक (एसपी) दिनेश मैनालीले बताए ।
दाङ। नेकपा एमालेका महासचिव शंकर पोखरेलको गृह जिल्ला दाङमा सर्वसम्मत नेतृत्व चयन भएको छ । दाङको घोराहीस्थित सभाहलमा भएको १३ औं जिल्ला अधिवेशनले हुकुम बस्नेतको अध्यक्षतामा १२१ सदस्यीय जिल्ला कमिटी सर्वसम्मत चयन गरेको हो ।
काठमाडौं । कोभिड–१९ संकट व्यवस्थापन समन्वय केन्द्र (सिसिएमसी)ले माघ १५ गतेसम्म विद्यालय बन्द गर्ने निर्णय गरेको छ । कोरोना संक्रमण रोकथाम तथा नियन्त्रणका लागि भन्दै सिसिएमसीको आज बसेको बैठकले माघ १५ गतेसम्म विद्यालय बन्द गर्ने निर्णय गरेको हो।