माघ १५ गतेसम्म विद्यालय बन्द गर्ने सिसिएमसीको निर्णय |
काठमाडौं । कोभिड–१९ संकट व्यवस्थापन समन्वय केन्द्र (सिसिएमसी)ले माघ १५ गतेसम्म विद्यालय बन्द गर्ने निर्णय गरेको छ । कोरोना संक्रमण रोकथाम तथा नियन्त्रणका लागि भन्दै सिसिएमसीको आज बसेको बैठकले माघ १५ गतेसम्म विद्यालय बन्द गर्ने निर्णय गरेको हो।
सिसिएमसीका प्रवक्ता सुनिता नेपालका अनुसार भोलिदेखि नै लागू हुने गरी माघ १५ गतेसम्म विद्यालय बन्द गर्ने निर्णय गरिएको छ । साथै परीक्षाको तालिका सार्वजनिक भइसकेका शिक्षण संस्थाको हकमा सामाजिक दूरी कायम गर्दै परीक्षा संचालन गर्ने निर्णय पनि बैठकले गरेको छ।
त्यस्तै, बैठकले अर्को सूचना जारी नभएसम्म सार्वजनिक स्थानमा २५ जनाभन्दा बढी भेला हुने गरी मेला महोत्सव नगराउने गरी भीड रोक्नसमेत गृह मन्त्रालयलाई सिफारिस गर्ने निर्णय गरेको छ ।


