बतास समूहलाई मिलेमतो मै नारायणहिटीको जग्गा दिइएको छानबिन समितिको निष्कर्ष |
काठमाडौं । नारायणहिटी दरवार संग्रहालयको मुल गेट नजिकको जग्गा मिलेमतो मै बतास समूहलाई देखिएको छानबिन समितिले निष्कर्ष निकालेको छ।
सोमबार संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेम आलेलाई छानबिन समितिले प्रतिवेदन बुझाउँदै ठेक्का प्रक्रियामा मिलेमतो देखिएको जनाएको हो ।
मन्त्रालयले सहसचिव होमप्रसाद लुइँटेलको संयोजकत्वमा पाँच सदस्यीय छानबिन समितिले नारायणहिटी दरवार संग्रहालय तथा गणगन्त्र स्मारक व्यवस्थापन तथा सञ्चालन विकास समितिले क्यान्टिन सञ्चालनका लागि क्षेत्रफल र स्थानको सीमांकन नगरी जग्गा ओगट्न दिएको समितिले बताएको छ।
त्यसैगरी विकास समितिका कार्यकारी निर्देशक भेषनारायण दाहालले पूर्व स्वीकृति नलिइकन दरबारको सम्पत्ति प्रयोग गर्न दिएको प्रतिवेदनमा निष्कर्ष निकालिएको छ ।
१४ रोपनी जग्गामा बतासले संरचना बनाएको देखिएको समितिले जनाएको छ ।



