काठमाडौं । सुनको भाउ निरन्तर दोश्रो दिन पनि गिरावट भएको छ । पुष २३ गते, शुक्रबार सुन तोलामा ७०० रुपैयाँले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाल सुन प्रतितोला ९१ हजार ६०० रुपैयाँमा झरेको छ ।
काठमाडौं । अर्थमन्त्री जनार्दन शर्माले काठमाडौं शहरको नयाँ ‘भर्सन’ आवश्यक रहेको बताएका छन । बिहीबार लगानी बोर्डको बैठकमा बोल्दै उनले विकास काठमाडौं केन्द्रित भएकाले अर्को शहरको आवश्यकता रहेको बताएका हुन ।
काठमाडौं । छ्याङ्दी हाइड्रोपावर लिमिटेडले माघ ११ गतेदेखि हकप्रद शेयर निष्काशन गर्ने भएको छ । कम्पनीले १० बराबर ३ को अनुपातमा रू. ८ करोड ९३ लाख २ हजार ५०० बराबरको ८ लाख ९३ हजार २५ कित्ता हकप्रद शेयर निष्कासन गर्न लागेको हो ।
काठमाडौं । नेपालमा थप २४ जनामा ओमिक्रोन भेरियन्टको संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले शुक्रबार एक विज्ञप्ती जारी गर्दै सो जानकारी दिएको हो ।
नयाँ दिल्ली । भारतमा गत २४ घण्टामा कोरोना भाइरसबाट थप एक लाख १७ हजार १०० सङ्क्रमित भएका केन्द्रीय स्वास्थ्य र परिवार कल्याण मन्त्रालयले शुक्रबार जानकारी दिएको छ । यसैसँगै भारतमा कोरोना सुरु भएदेखि हालसम्म तीन करोड ५२ लाख २६ हजार सङ्क्रमित भएका छन् ।
काठमाडौं । अर्थमन्त्री जनार्दन शर्मा ‘प्रभाकर’ले नेपालको अर्थतन्त्र आयातमुखी हुनुको प्रमुख कारण ‘श्रम निर्यात’ रहेको बताएका छन् । बिहीबार नेपाल निर्यात परिषद् (इकोन) को २४औं साधारणसभा तथा छैठौँ निर्यात दिवसको उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।
काठमाडौं । देशभर थप ९६८ जनामा कोरोनाभाइरसको सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार १४ हजार ९७१ जनाको परीक्षण गर्दा पीसीआर विधिबाट ५७२ र एन्टिजेन विधिबाट ३९६ जनामा सङ्क्रमण पुष्टि भएको हो ।
काठमाडौं । सहकारी क्षेत्रमा सन्दर्भ ब्याजदर वृद्धिको चर्चा चलिरहेकै बेला भूमि व्यवस्था सहकारी तथा गरिबी निवारण मन्त्री शशी श्रेष्ठले ब्याजदर नबड्ने बताएकी छिन् । बरु कर्जाको ब्याजदर घटाएर सदस्य लगानीकर्ताहरुलाई सुविधा दिनुपर्ने मन्त्री श्रेष्ठको भनाई छ ।