गैरआवासीय नेपाली संघ न्युजिल्याण्डको भर्खरै सम्पन्न निर्वाचनबाट लालबादुर केसी अध्यक्षमा निर्वाचित भएका छन् । उनले प्रतिस्पर्धी घनश्याम सापकोटालाई पराजित गरेका हुन्। निर्वाचनमा लालबहादुरले ९ सय ३५ मत प्राप्त गरेका थिए भने उनका प्रतिद्वन्द्वी सापकोटाले ४ सय ८६ मत ल्याएका थिए ।