एनआरएनए युगान्डाद्वारा गुल्मीका पहिरो पीडितलाई सहयोग |

कम्पाला, युगान्डा । गैरआवासीय नेपाली संघ युगान्डाले गत महिना बाढी पहिरोबाट प्रभावित गुल्मीको सत्यवती गाउँपालिकाका पीडितलाई एक हजार अमेरिकी डलर सहयोग गरेको छ ।
गाउँपालिकामार्फत एक हजार अमेरिकी डलर नगद सहयोग एनआरएनएको केन्द्रीय कार्यालय काठमाडौंबाट हस्तान्तरण हुने गरी शनिबार पठाइएको हो ।
एनआरएनए युगान्डाका नवनिर्वा्चित अध्यक्ष बिनोद थापाले बिपत्तिमा परेका विपन्न परिवारलाई गाउँपालिका मार्फत उक्त रकम सहयोग बाँडिने जानकारी दिए ।
संघका अन्तर्रा्ष्ट्रिय कोषाध्यक्ष हिक्मत थापाले एनसीसी युगान्डाको नियमित परोपकारी कार्यको प्रशंसा गर्दै उक्त रकम सत्यवती गाउँपालिकामा यथाशीघ्र पठाउने बताए ।