अमेरिकामा ‘हामी नेपाली परेड’ अभियान, नेपाल भ्रमण वर्ष २०२० सफल पार्न प्रचार प्रसार गरिने |

काठमाडौँ । नेपाल भ्रमण वर्ष २०२० लाई सफल पार्ने अभियानमा अमेरिकामा रहेका नेपालीहरुले रचनात्मक कार्यक्रम सञ्चालन गर्ने भएका छन् ।
आगामी नाभेम्बर २३ तारिखमा क्यालिफोर्नियाको सान्फ्रान्सिस्कोमा ‘हामी नेपाली परेड’ नाम दिंँदै कार्यक्रम आयोजना हुने भएको हो ।
कार्यक्रममा पञ्चे बाजा, लाखे नाच, झाँकी प्रदर्शनलगायतका विभिन्न जातजातिहरुका मौलिक कला संकृति झल्किने किसिमका प्रर्दशन गरिने ‘हामी नेपाली परेड’ कार्यक्रमका सचिव रोशन अधिकारीले जानकारी दिए ।
नेपालमा पर्यटक भित्र्याउने योजनाका साथ सरकारले थालेको अभियान सफल बनाउन अमेरिकामा क्रियाशील बिभिन्न संघसंस्थाका प्रतिनिधिहरुसँग छलफल गरिसकिएको उनले बताए ।
कार्यक्रमलाई सभ्य र भव्य बनाउन विभिन्न उपसमितिहरु बनाइएको ‘हामी नेपाली परेड’का अध्यक्ष यज्ञलाल श्रेष्ठले बताए ।
कार्यक्रमका लागि क्यालिफोर्नियाका नेपाली आवद्ध सम्पूर्ण संघसंस्थालाई सहआयोजकका रुपमा सहभागी गराइ प्रभावकारी बनाउने तयारी भइरहेको अध्यक्ष श्रेष्ठले बताए ।