कतारको नेपालमै भिसा सेन्टर सञ्चालन गर्ने तयारी, कुनै पनि शुल्क नलाग्ने |
कतारले नेपाली कामदारलाई सहजरुपमा भिसा उपलब्ध गराउन नेपालमा भिसा सेन्टर सञ्चालनमा ल्याउने भएको छ । तर यसले मलेसियाको जस्तै सिन्डिकेट भित्र्याउने भन्दै केही म्यानपावर व्यवसायीले विरोध शुरु गरेका छन् । भिसा सेन्टर खोल्न अदृश्य शक्तिले काम गरेको आरोप लगाएका छन् ।

