युएईमा एक वर्षमा ९८ नेपालीको मृत्यु |

युएई । युएईमा गएको आर्थिक वर्ष ०७५/०७६ मा ९८ जनाको मृत्यु भएको छ । मृत्यु हुनेहरूमा ५ जना महिला र ९३ जना पुरुष रहेको आबुधाबीस्थित नेपाली दूतावासले जनाएको छ । यो संख्या पछिल्लो ६ वर्ष यताकै धेरै हो ।
मृत्यु हुनेमा सबैभन्दा धेरै प्राकृतिक कारण ४८ जना पुरुष छन । दूतावासले सार्वजनिक गरेको तथ्याकंअनुसार गएको आर्थिक वर्षमा २१ पुरुष र २ जना महिलाले आत्महत्या गरेका छन् । त्यस्तै बिभिन्न दुर्घटनामा परेर २ जना महिलासहित २१ पुरुषको मृत्यु भएको छ ।
गत आर्थिक वर्षमा १ जना महिलासहित ३ जना पुरुषको हत्या भएको छ । हत्या बिषय जटिल र गम्भीर भएकाले थप अनुसन्धानका क्रममा रहेको दूतावासकी द्धितीय सचिव तथा सूचना अधिकारी बिष्णुकुमारी अधिकारीले बताइन ।