काठमाडौं । भक्तपुरको सल्लाघारी चौरमा ४ दिने अन्तरराष्ट्रिय फुडटिच मेला शुरु भएको छ । ओलम्पिया मुख्य आयोजकका साथै नेपाल सरकार, चेम्बर अफ कमर्स लगायत विभिन्न संघसंस्थाको सहयोगमा शुरु मेलामा विभिन्न मुलुकका १ सय ७७ स्टलहरु रहेको मेला संयोजक किशोर भट्टराईले जानकारी दिए ।