कुर्लुङ्ग विद्यालयलाई ग्लोबल आईएमई बैंकको कम्प्यूटर सहयोग |
काठमाडौं । ग्लोबल आईएमई बैंकले तनहूँ जिल्लाको ब्यास नगरपालिकामा रहेको कुर्लुङ्ग प्राथमिक विद्यालयलाई २ वटा कम्प्युटर र प्रिन्टर प्रदान गरेको छ ।
बिहिबार बैंकका बजार तथाव्यवसाय प्रवद्र्धन विभागका इन्चार्ज बसन्तराज रेग्मीले कुर्लुङ्ग प्राथमिक विद्यालयका प्रधानाध्यापक पदमबहादुर पन्थलाई उक्त कम्प्युटर र प्रिन्टर प्रदान गरेका हुन् ।
ग्लोबल आइएमई बैंकले विभिन्न क्षेत्रमा सामाजिक कार्यहरु गर्दै आएको बतायो ।



