सिटिजन्स बैंक र चिरायु नेसनल हस्पिटलबीच सहकार्य |
काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड र चिरायु नेसनल हस्पिटल एण्ड मेडिकल ईन्स्टिच्युटबीच बैंकका ग्राहकलाई हस्पिटलको सेवा शुल्कमा छुट दिनेसम्बन्धि सम्झौता भएको छ ।
यस सम्झौतापछि सिटिजन्स बैंकका डेबिट, क्रेडिट र प्रिभिलेज कार्डवाहक र खाता भएका ग्राहकले हस्पिटलमा उपचार गराउँदा छुट पाउने भएका छन् ।
यस्तो सहकार्यबाट बैंकका ग्राहकहरु लाभान्वित हुने विश्वास बैंकले लिएको छ ।
सिटिजन्स बैंकको देशैभरी ८५ वटा शाखा, ८२ वटा एटीएम र १०२ वटा शाखारहित बैंकिङ एकाईबाट सेवा दिदैं आएको छ ।


