अब स्कुलमै अन्तरराष्ट्रिय स्तरको कम्प्युटर शिक्षा, बेलायतको ‘डिजी प्रोग्राम’ नेपालमा |
काठमाडौं । सफ्टवेरिका कलेज अफ आइटी एन्ड ई कमर्सले बेलायतका ‘डिजी प्रोग्राम’ नेपालमा भिर्याएको छ । बेलायत सरकार मातहत दर्ता भइ बिद्यालय र उच्च शिक्षा सम्बन्धि पाठ्यक्रम निर्माण गर्ने एनसीसी एजुकेशनले तयार गरेको डिजी प्रोग्रामलाई नेपालमा ‘डिजी प्रोग्राम’ नाम दिइएको छ ।

कक्षा १ देखि ११ सम्मका बिद्यार्थीका लागि तयार गरिएको कम्प्युटर शिक्षाको पाठ्यक्रम ‘डिजी प्रोग्राम’ सुरु भए पछि नेपाली स्कुले बिद्यार्थीले पनि अन्तरराष्ट्रिय स्तरको कम्प्युटर शिक्षा पाउने भएका हुन् ।

‘डिजी प्रोग्राम’को औपचारिक उद्घाटन गर्न नेपाल आइपुगेका एनसीसी एजुकेशन बेलायतका चिफ अपरेटिङ अफिसर एलन नोर्टनले ‘डिजी प्रोग्राम’ बेलायत, सिङगापुर, पाकिस्तान, भारत लगायत देशहरुमा लोकप्रिय रहेको बताए । यो कोर्ष पढ्ने बिद्यार्थीले एनसीसी एजुकेशन बेलायतबाटै प्रमाणपत्र पाउने नोर्टनले जानकारी दिए ।

‘डिजी प्रोग्राम’ सन्चालन गर्न चाहने कुनै पनि स्कुलले सफ्ट्वेरिका कलेजसँग सम्पर्क गरि अध्यापन शुरु गर्न सक्नेछन् ।
एसईई सकेर कम्प्युटर सिक्न जाने प्रचलन रहेको हाम्रो परिवेशमा ‘डिजी प्रोग्राम’ पढ्ने बिद्यार्थीले स्कुले समयमै जाभा, पाइथन, सिउडोकोड, स्क्रयाच, डाटा साइन्स, साइबर सेक्युरिटी, फोटो भिडियो सम्पादन, कम्प्युटर हार्ड्वयरमर्मत लगायत बिषय सिक्ने छ्न साथै आफै सफ्टवेर निर्माण गर्ने दक्षता राख्ने सफ्टवेरिकाकी डिजी स्कुल प्रोग्राम अफिसर सम्झना बडालले बताइन ।
यो अध्यापन अनलाइन र अफलाइन दुबै प्रणाली बाट गर्न सकिनेछ । कम्प्युटर सिस्टममा हरेक बिद्यार्थीको आ–आफ्नै लगइन हुने भएकाले उनीहरुको प्रगति विवरण शिक्षकले चाहेको बेला सजिलै हेर्न सक्छन ।
नेपालका स्कुले विद्यार्थीले पनि अन्तरराष्ट्रिय स्तरको कम्प्युटर शिक्षा पाउन भन्ने उद्देश्यले डिजी स्कुल नेपालमा ल्याएको हो । आइजीसी एस इ (इन्टरनेशनल जनरल सर्टि्फिकेट अफ सेकेण्डरी एजुकेशन)ले समे ‘डिजी प्रोग्राम’ लाई मान्यता दिएको नोर्टनले बताए ।
नेपालमा प्राबिधिक शिक्षाको विकासका गर्न यस सफ्टवेरिका कलेज अफ आइटी एन्ड इ कमर्सले सन २०१० देखी एनसीसी एजुकेशन बेलायतसँग विभिन्न प्राबिधिक शिक्षामा सहकार्य गर्दै आइरहेको छ ।


