काठमाडौं । नेपाल राष्ट्र बैंकले बाणिज्य बैंकहरुले निक्षेपमा दिने र ऋणमा लिने ब्याजको अन्तर (स्प्रेड दर) घटाएको छ । अब चैतमै स्प्रेड दर ४.७५ प्रतिशतमा झार्नु पर्ने छ ।
काठमाडौं । एनआईसी एशिया बैंकले सामाजिक संजालको रुपमा आफ्नो साथी नामक च्याटबोट संचालनमा ल्याएको छ । बैंकले यही मंगलबार बाट आफ्नो ग्राहकका विभिन्न जिज्ञासाको जवाफ दिनलाई फेसबुकमार्फत उक्त च्याटबोटको सुरुवात गरेको हो ।
काठमाडौं । ज्योति विकास बैंक र चिरायु नेसनल हस्पिटल एण्ड मेडिकल ईन्स्टिच्युट बीच सम्झौता भएको छ । बैंकले आफ्ना ग्राहकलाई अस्पतालको सेवामा छुट दिनेगरी सहमती गरेको छ ।
काठमाडौं । नेपालमा अब सीजी कम्युनिकेसन प्रालि (सीजी टेलिकम) को मोबाइल सेवा सञ्चालनमा आउने भएको छ । सर्वोच्च अदालतको पुस १० गतेको आदेशले उक्त कम्पनीलाई मोबाइल सेवा सञ्चालन गर्ने बाटो खुलेको हो ।
काठमाडौं । नेपाल क्लियरिङ हाउसले संचालनमा ल्याएको कनेक्ट आईपीएस ई-पेमेन्ट प्रणालीमा नबिल बैंकपनि आबद्ध भएको छ । बैंकले जारी गरेको प्रेस बिज्ञप्ती अनुसार बैंकका ग्राहकले यस प्रणालीबाट अनलाईन कारोबार गर्न सक्नेछन् ।
काठमाडौं । भुक्तानी सेवा प्रदायक सेलकम प्राईभेट लिमिटेडले संचालनमा ल्याउन लागेको सेलपे सेवाले नेपाल राष्ट्र बैंकबाट अनुमति प्राप्त गरेको छ । यसको अनुमति मंगलबार प्राप्त गरेको हो ।
काठमाडौं । सन नेपाल लाइफ इन्स्योरेन्स र सिभिल बैंकबिच बैंकासुरेन्स सम्झौता भएको छ । सम्झौतामा सन नेपालका प्रमुख कार्यकारी अधिकृत राजकुमार अर्याल र सिभिल बैंकका चिफ बिजिनेस अफिसर सुजितकुमार शाक्यले हस्ताक्षर गरेका छन् ।