नेशनल माइक्रोफाइनान्समा पुनः अध्यक्ष न्युक्त भएका केशव प्रसाद अचार्यको सपथ ग्रहण सम्पन्न |
काठमाडौं । नेशनल माइक्रोफाइनान्स वित्तिय संस्था लिमिटेडको संचालक समितीको ७७ औ बैठकबाट सर्वसम्मत पुनः अध्यक्ष न्युक्त भएका केशव प्रसाद अचार्यले पद तथा गोपनियताको सफत लिएका छन् । उनलाई नेपाल राष्ट्र बैंकको बंैक तथा बित्तीय संस्था नियमन विभागका कार्यकारी निर्देशक नारायण प्रसाद पौडेलले सपथ ग्रहण गराएका हुन ।
उक्त सफथ ग्रहण समारोहमा माइक्रोफाइनान्सका संचालक समितीका अन्य सदस्यहरु रविन सिजापति, बद्रि प्याकुरेल, रामकुमार तिमल्सिना, जमुना श्रेष्ठ र प्रमुख कार्यकारी अधिकृत रामबहादुर यादवको उपस्थिती थियो ।
२०७१ अषाढ १८ गते संचालनमा आएको संस्थाले ४ बर्षको अवधीमा देशको ७ वटै प्रदेशको ३७ जिल्लामा ५० वटा शाखा कार्यालय मार्फत सेवा दिदैं आइ रहेको छ । संस्थाले हाल करीब ७० हजार विपन्न घरधुरीलाई सेवा पुर्याइदै आइरहेको जानकारी दिएको छ । संस्थाको हाल लगानीमा रहेको कर्जा करीब ३ अर्ब र बचत बरीब १ अर्ब रहेको छ ।




