सिटिजन्स बैंकको प्रदेश ७ को प्रादेशिक कार्यालय धनगढीमा |
काठमाडौं । सिटिजन्स बैंकले प्रदेश ७ को प्रादेशिक कार्यालय धनगढीमा स्थापना गरेको छ । उक्त कार्यालयको शुभारम्भ समारोहमा बैंकका अधिकारी, कर्मचारी, उद्योगी ब्यापारी तथा सर्वसाधारणको बाक्लो उपस्थिती रहेको बैंकले जानकारी दिएको छ ।
प्रदेश ७ अन्तर्गत बैंकका ५ शाखाहरु बझाङ, अछामको ढकारी, धनगढीको महेन्द्रनगर र कैलालीको मोहन्याल शाखाको कार्यसम्पादनमा प्रादेशिक कार्यालयले समन्वय गर्ने बैंकले जानकारी दिएको छ ।
प्रदेश ७ का ९ जिल्लामध्ये ४ जिल्लामा बैंकको पहुँच रहेको छ । बैंकले यसअघि नै प्रदेश १ को प्रादेशिक कार्यालय बिराटनगरमा, प्रदेश २ को बीरगंजमा, प्रदेश ४ को पोखरामा, प्रदेश ५ को नेपालगंजमा र प्रदेश ६ को प्रादेशिक शाखा सुर्खेतमा स्थापना गरिसकेको छ ।



