कृषि विकास बैंकको नयाँ शाखा कोल्हवीमा |
काठमाडौं । बारा जिल्ला कोल्हवी नगरपालीका काल्हवी–१ मा कृषि विकास बैंकको नयाँ शाखा कार्यालय सञ्चालनमा आएकोे छ ।
शनिबार उक्त शाखा कार्यालयको उद्घाटन प्रधानमन्त्रीका राजनीतिक सल्लाहाकार अच्यूतप्रसाद मैनाली, बैंकका प्रमुख कार्यकारी अधिकृत अनिल कुमार उपाध्याय र संघीय सांसद उमाकान्त चौधरी,प्रदेशसभा सदस्य त्रिलोक चौधरी र कोल्हवी नपाका मेयर भरत भण्डारीले संयुक्त रुपमा गरेका थिए ।
मेयर भरत भण्डारीले कृषि विकास बैंकको कोल्हवी शाखालाई विगतको प्रतिवद्धता अनुरुप नगरपालिकाले जग्गा उपलव्ध गराउने प्रतिवद्धता समेत जनाएका थिए ।




