काठमाडौं । ओम डेभलपमेन्ट बैंक लिमिटेड र पोखरा विश्वविद्यालय स्कुल अफ विजनेशबीच सहयोग गर्ने गराउने सम्झौता भएको छ । बैंकको तर्फबाट प्रमुख कार्यकारी अधिकृत विश्वमोहन अधिकारी र पोखरा विश्वविद्यालय स्कुल अफ विजनेशका तर्फकाट डा. रबिन्द्र घिमिरेले सम्झौतापत्रमा हस्ताक्षर गरेका थिए ।