एनआईसी एशियाको नयाँ शाखा पर्वतको बारीबेनीमा |
काठमाडौं । निजीक्षेत्रबाट सञ्चालित सबैभन्दा ठूलो वाणिज्य बैंक एनआईसी एशिया बैंकले शाखा सञ्जाल विस्तार गर्ने अभियानलाई जारी नै राखेको छ । बैंकले पछिल्लो पटक पर्वत जिल्लामा नयाँ शाखा कार्यालय सञ्चालनमा ल्याएको बैंकका नायब सूचना अधिकृत अर्जुनराज खनियाँले जानकारी दिएका छन् ।
बैंकले पर्वत जिल्लाको जलजला गाउँपालिका– ३, बारीबेनीमा स्थापना गरेको नयाँ शाखा कार्यालय आज सोमवार उद्घाटन गरेको हो । उक्त शाखाको उद्घाटन सोही गाउँपालिकाका प्रमुख यामबहादुर मल्लले गरेका हुन् ।
बैंकले हाल मुलुकभर रहेका २७६ वटा शाखा कार्यालय, २८९ एटीएम, ३९ वटा एक्स्टेन्सन काउण्टर र २३ वटा शाखारहित बैंकिङ इकाइमार्फत उच्चस्तरी वित्तीय सेवा प्रदान गर्दै आइरहेको छ । वासलातको आकार रू. २१६ अर्बभन्दा बढी, कुल निक्षेप करिब रू. १७५ अर्ब पुर्याउन सफल भइसकेको यस बैंकले कुल कर्जा लगानी करिब रू. १४९ अर्ब पुर्याइसकेको छ ।
ग्राहक संख्या करिब १४ लाख ५० हजार रहेको उक्त बैंकले संस्थागत सुशासन, जोखिम व्यवस्थापन र आन्तरिक नियन्त्रण प्रणालीको उत्कृष्ट अभ्यासलाई पनि पालना गर्दै आएको छ ।
Visited 3 times, 1 visit(s) today


