भारतको राजदूतमा नीलाम्बर आचार्य, राष्ट्रपतिद्वारा आजै शपथ ग्रहण |
काठमाडौं । नीलाम्बर आचार्य भारतको राजदूतमा नियुक्त भएका छन् । नेपालको संविधानको धारा २८२ को उपधारा ९१० बमोजिम मन्त्रिपरिषद्को सिफारिशमा राष्ट्रपति विद्यादेवी भण्डारीले उनलाई सो पदमा नियुक्त गरेकी हुन् ।
नवनियुक्त राजदूत आचार्यलाई आज सोमवार नै राष्ट्रपति भवन शीतलनिवासमा आयोजित विशेष समारोहमा राष्ट्रपति भण्डारीले पद तथा गोपनीयताको शपथ गराइन् ।
नेपालको इतिहासमा राष्ट्र प्रमुखबाट राजदूतलाई शपथ गराइएको यो पहिलो घटना हो । समारोहमा परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली, प्रधानसेनापति पूर्णचन्द्र थापा, राष्ट्रपति कार्यालयका सचिव विनोद केसी, परराष्ट्र मन्त्रालयका सचिव शंकरदास वैरागी तथा राष्ट्रपति कार्यालयका उच्च अधिकारीहरूको उपस्थिति थियो ।
Visited 1 times, 1 visit(s) today


