आन्दोलित मजदुर पुगे श्रम विभाग, भोलि त्रिपक्षीय वार्ता हुँदै |
काठमाडौं । रेष्टुरेण्ड एण्ड बार एशोसिएशन (रेबान) ले सेवा शुल्क खारेजी गरेदेखि त्यसको विरोध गर्दै आएका मजदुरहरू वार्तामा आउने भएका छन् । उनीहरू श्रम तथा व्यवसायजन्य सुरक्षा विभाग र रेबानका प्रतिनिधिसँग भोलि मंगलवार त्रिपक्षीय वार्ता गर्न तयार भएका हुन् ।
भोलि मजदुर संघका प्रतिनिधि, श्रम तथा व्यवसायजन्य सुरक्षा विभागका प्रतिनिधि र रेबानका प्रतिनिधिबीच वार्ता हुने भनिए पनि रेबानका प्रतिनिधिहरू हालसम्म सम्पर्कमा नआएको नेपाल पर्यटन तथा होटल सम्बद्ध संघले बताएको छ ।
‘रेबानले ग्राहकसँग लिँदै आएको १० प्रतिशत सेवाशूल्क खारेजीको निर्णय फिर्ता लिनुपर्छ । यो १० प्रतिशत सेवाशूल्क लागू हुनुपर्ने हो या होइन, सत्यतथ्य कुरा पेश गर्न हामीले रेबानलाई तीन दिन अगाडि पत्राचार गरेका थियौं तर उताबाट कुनै प्रतिक्रिया आएको छैन,’ संघका एक नेताले भने ।
सेवाशूल्क खारेजीको विरोधमा उत्रेका मजदुरलाई रेबानले गत आइतवार मजदुर संगठनलाई वार्ताका लागि बोलाएको थियो । तर संघले विरोध जनाउँदै उक्त पत्र च्यातेको थियो । मजदुर आन्दोलनका कारण काठमाडौंका एनडिज, रोड हाउस, केटु, हट ब्रेड्स लगायतका रेष्टुरेण्ट सेवा विहीन भएका छन् ।
Visited 1 times, 1 visit(s) today


