नक्कली हवाई टिकट पेश गर्ने टेलिकमका तीन कर्मचारीविरुद्ध मुद्दा |
काठमाडौं । नेपाल टेलिकमका तीन जना कर्मचारीविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मुद्दा दायर गरेको छ । दूरसञ्चार कार्यालय घोराही, दाङमा कार्यरत उनीहरूलाई कम्पनीको ऐन नियमविपरीत दैनिक भ्रमण भत्ता र हवाईजहाजबाट यात्रा नै नगरी नक्कली हवाई टिकट कार्यालयमा पेश गरी भत्ता दाबी गरेको आरोपमा आयोगले मुद्दा दायर गरेको हो ।
अख्तियारले उक्त कार्यालयमा कार्यरत अनिलकुमार आचार्य, अधिकृत विकलकुमार श्रेष्ठ र अधिकृत राजबहादुर सिंहविरुद्ध मुद्दा दायर गरेको हो । उनीहरु विरुद्ध भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ८ को उपदफा १ बमोजिम कारबाही प्रक्रिया अघि बढ्ने अख्तियारले बताएको छ ।
Visited 1 times, 1 visit(s) today


