आशा लघुवित्तले दियो महिलालाई साबुन बनाउने तालिम, बिपन्न महिलालाई आत्मनिर्भर बनाउने |
काठमाडौं । आशा लघुवित्त वित्तीय संस्थाले महिलाहरुलाई लुगा धुने साबुन बनाउने तालिम दिएको छ । संस्थाले तीन दिनसम्म निː शुल्क तालिम संचालन गरेको जानकारी दिएको छ ।
संस्थाका अनुसार शाखा कार्यालय भानू, तनहुँमा आबद्व सदस्यमध्ये ७५ जना महिला सदस्यहरुलाई तालिम दिएको हो । संस्थाका शाखा प्रमुख रिता श्रेष्ठले तालिमबाट विपन्न महिलाहरुको आर्थिक क्रियाकलापमा वृद्धि हुने बताइन्।् । यसबाट महिलाहरु आत्मनिर्भर हुने उनको बिश्वास छ ।
तालिमका सहभागीहरुले कम लागतमा साबुन बनाउने तरिका, बजारीकरण लगायतका सम्बन्धमा जानकारी पाएको बताए । संस्थाले विभिन्न शाखा कार्यालयहरु मार्फत झण्डै ३ सय १९ जना विपन्न महिलाहरुलाई यस प्रकारका सीपमूलक तालिम दिइसकेको जानकारी दिएको छ ।
संस्थाका प्रमुख कार्यकारी अधिकृत बद्री प्रसाद दुलालले यस्तै प्रकारका सीपमूलक तालिमहरु सबै शाखा कार्यालयबाट संचालन गर्ने प्रतिवद्वता जनाए ।
हालसम्म वित्तीय संस्थाले २८ वटा जिल्लाहरुका ४५ शाखा कार्यालयहरु मार्फत करीब ४२ हजारभन्दा बढी सदस्यहरुलाई वित्तीय सेवा उपलब्ध गराउँदै आएको जानकारी दिएको छ ।



