काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जिल्ला वन कार्यालय, डोल्पाका तीन जना कर्मचारीमाथि भ्रष्टाचार गरेको आरोप लगाउँदै झण्डै डेढ करोड रुपैयाँको विगो दाबीसहित विशेष अदालतमा मुद्दा दायर गरेको छ ।
काठमाडौं । साना बाल बच्चाको स्वास्थ र स्याहर सुसार सम्बन्धि विभिन्न ब्राण्डका उत्पादनहरु नेपालको पहिलो प्रिमियम आउटलेट आईएमएस लिटिल स्माइल्स्ले आफ्नो नयाँ शोरुम कमलपोखरी स्थित सिटि सेन्टरमा शुभारम्भ गरेको छ ।
काठमाडौं । ग्लोबल आइएमई बैंकले सल्यानको श्रीनगरमा शाखा कार्यालय बिस्तार गरेको छ । बैंकको नयाँ शाखाको कर्णाली प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री प्रकाश ज्वालाले उद्घाटन गरे ।
काठमाडौं । यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई) आज आइतवारदेखि देशैभरि शुरू भएको छ । यो समाचार तयार पार्दासम्म देशैभर शान्तिपूर्ण रूपमा परीक्षा सञ्चालन भइरहेको छ ।
काठमाडौं । एनआईसी एशिया बैंकले रुपन्देहीको बेलबासमा शाखा विस्तार गरेको छ । बैंकले विस्तार गरेको उक्त शाखाको बैंकका प्रमुख मानव संसाधन तथा विकास अधिकृत कपिल ढकालले उद्घाटन गरेका छन् ।
काठमाडौं । प्रभु बैंक लिमिटेडले संखुवासभा जिल्लाको खाँदवारी नगरपालिका वडा नं. १ स्थित खाँदवारी शाखा र उदयपुर जिल्लाको त्रियुगा नगरपालिका वडा नं. ११ स्थित गाईघाट शाखा कार्यालयहरु आज आइतबारबाट सञ्चालनमा ल्याएको छ ।