काठमाडौं । महालक्ष्मी विकास बैंकले सामाजिक उत्तरदायित्व अन्तर्गत हात गुमाएकाहरुलाई कृत्रिम हात वितरण गरेको छ । बैंकको वीरगंज शाखाले रोटरी क्लब विरगंज शाखासँग समन्वय गरी करिब तीस हजार बराबरको १५ थान हात बितरण गरेको हो ।
काठमाडौं । गरिमा विकास बैंकले बैशाख १६ गतेदेखि भक्तपुरको सुर्यविनायकमा नयाँ शाखा सञ्चालनमा ल्याएको छ । एक कार्यक्रमका बिच बैंकले नयाँ शाखाको उद्घाटन गरेको हो । नेपाल राष्ट्र बैंकको विकास बैंक सुपरिवेक्षण विभागका कार्यकारी निर्देशक भुवन कंडेलले शाखाको औपचारिक सुरुवात गरेका हुन् ।
काठमाडौं । नेपाल विज्ञापन संघ आनको आयोजनामा सोमबारदेखि दोस्रो ‘नेपाल आईस आन फुटसल टुर्नामेन्ट’ आयोजना हुने भएको छ । प्रतियोगितामा नेपालका व्यवसायिक प्रतिष्ठान, संचारगृह र विज्ञापन एजेन्सीका गरि ३२ टिमले सहभागीता जनाउँदै छन् ।
काठमाडौं । जनता बैंक र भाटभटेनी मनि ट्रान्स्फर प्राइभेट लिमिटेडबीच रेमिट्यान्स कारोवार सम्बन्धि सम्झौता सम्पन्न भएको छ । सम्झौता पत्रमा जनता बैंकका प्रमुख कार्यकारी अधिकृत परशुराम कुंवर क्षेत्री र बीएमटीका प्रबन्ध संचालक राजनकुमार अमात्यले हस्ताक्षरण गरे ।
काठमाडौं । प्रभु बैंकले ग्राहकहरुको सुविधालाई मध्येनजर गर्दै अत्याधुनिक प्रविधि सहित गुणस्तरीय बैंकिङ्ग सेवाउपलब्ध गराउने क्रममा अनलाइन खाता खोल्न सकिने सुविधा सञ्चालनमा ल्याएको छ ।
काठमाडौं । नेपाल प्रहरीले सार्वजनिक निकायतर्फ राष्ट्रिय आईसीटी अवार्ड पाएको छ । सार्वजनिक सेवा प्रवाहमा सूचना तथा सञ्चार प्रविधिको प्रभावकारी प्रयोगमा गरेको भन्दै प्रहरीलाई पुरस्कृत गरिएको हो ।
काठमाडौं । केडिया ग्रुपले आफ्ना कृषि उत्पादनहरुलाई युरोपेली बजारमा निकासी गर्ने भएको छ । केडिया ग्रुपले नेपाल खाद्य बैंक लिमिटेडमार्फत आफ्ना कृषि उत्पादनहरु युरोपेली निर्यात गर्न लागेको हो ।
काठमाडौं । काठमाडौंको मुटु न्यूरोडको खिचापोखरीमा अत्याधुनिक व्यापारिक कम्प्लेक्स खिचापोखरी टावर निर्माण हुने भएको छ । नेपालमै पहिलो पटक डिजिटल लाइटिङ सिस्टम भएको व्यवसायिक भवनको निर्माण डिआरएन इन्टरनेशनल प्रालिले गर्न लागेको हो ।