तिनाउ र मिसनसँग नेपाल कम्युनिटी डेभलपमेन्ट बैंक पनि मिसियो |
काठमाडौं । तिनाउ र मिसन डेभलपमेन्ट बैंक गाभिने चरणमा रहेका बेला अर्को एउटा वित्तीय संस्था पनि मिसिने भएको छ । तिनाउ र मिसन डेभलपमेन्ट बैंक गाभिई बनेको तिनाउ मिसन डेभलपमेन्ट बैंक बन्ने प्रकृयामा रहेका बेला नेपाल कम्युनिटी डेभलपमेन्ट बैंक लिमिटेडलाई प्राप्ती गर्ने भएको हो ।
प्राप्तिका लागि तीन संस्थाबीच मंगलबार सम्झौता भएको छ । समझदारी पत्रमा तिनाउका अध्यक्ष राजेन्द्रप्रसाद वझा, मिसनका अध्यक्ष टिकाराम घिमिरे र नेपाल कम्युनिटीका अध्यक्ष पशुपति घिमिरेले हस्ताक्षर गरेका छन्।
राष्ट्रिय स्तरको विकास बैंक वन्ने लक्ष्यका साथ अगाडि बढेको बताइएको छ। तिनाउ मिसन डेभलपमेन्ट बैंक लिमिटडले नेपाल कम्युनिटी डेभलपमेन्ट बैंकलाई प्राप्ती गरेपछि चुक्ता पुँजी १ अर्व ६७ करोड ५७ लाख , निक्षेप १३ अर्व ७७ करोड र ऋण, १२ अर्व २३ करोड पुग्ने छ । शाखा संख्या ६० वटा हुने छ ।
Visited 1 times, 1 visit(s) today


