काठमाडौं । कोकाकोलाले नेपाली सेना, केन्द्रिय, प्रादेशिक र स्थानिय सरकार तथा नेपाल पर्वतारोहण संघ र एस्पीसीसी सँगको सहकार्यमा सगरमाथाको फोहोर उठाउनका लागि सबैभन्दा ठुलो अभियानको सुरुवात गरेको छ ।
काठमाडौँ । वाईवाई ग्लोकल टिन हिरोको पाँचौ संस्करणका लागि आवेदन आह्वान गरिएको छ । किशोर किशोरीहरुमा भएको प्रेरणा र उत्साहलाई प्रस्फुटन गरी उनीहरुले समाजमा गरेको प्रभावकारी कार्यलाई कदर र अरु माझ चिनाउने कार्यक्रम ‘वाई वाई ग्लोकल टिन हिरो’, ग्लोकल प्रालिको एक कार्यक्रम हो ।
काठमाडौं । ओयो होटल्स र होम्सले आफ्नो सञ्जाललाई १० वटा शहरमा पुर्याएको छ । यस अघि ओयोको सेवा काठमाँडौं, पोखरा र भक्तपुरमा थियो । कम्पनीले मे २०१७ मा काठमाडौंबाट सञ्चालनको सुरुवात गरेको थियो ।
काठमाडौं । राष्ट्रिय वाणिज्य बैंक र नेपाल टेलिकमबीच भुक्तानी सेवा प्रदायक कम्पनी सञ्चालन गर्ने सम्झौता भएको छ । बैंकका निमित्त प्रमुख कार्यकारी अधिकृत कविराज अधिकारी र टेलिकमका प्रबन्ध निर्देशक डिल्ली अधिकारीबीच प्रधानमन्त्री केपी शर्मा ओलीको उपस्थितिमा हस्ताक्षर भएको छ ।
धनुषा । धनुषा जिल्लाको ढल्केवरमा केन्द्रीय कार्यालय रहेको मिथिला लघुवित्त वित्तीय संस्था लिमिटेडको दशौ वार्षिकोत्सव कार्यक्रम भब्यताका साथ सम्पन्न भएको छ ।
काठमाडौं । मिथिला लघुवित्त वित्तीय संस्था लिमिटेडले आफ्ना फिल्ड सहायक स्तरका कर्मचारीहरुका लागि बैशाख १७ र १८ गते दुई दिन फिल्ड ब्यवस्थापन तालिम संचालन गरेको छ ।
काठमाडौं । नेशनल लाइफ इन्स्योरेन्स कम्पनीले बाँकेको कोहलपुरमा शाखा विस्तार गरेको छ । बीमा समितिका अध्यक्ष चिरञ्जिवी चापागाईले कम्पनीको १०० औं शाखाको उद्घाटन गरेका छन् ।
काठमाडौं । आईएमई लाइफ इन्स्योरेन्स कम्पनी र सनराइज बैंकबीच बैंकासुरेन्स सम्झौता भएको छ । उक्त बैंकासुरेन्स सम्झौतामा इन्स्योरेन्स कम्पनीका प्रमुख कार्यकारी अधिकृत चन्द्र भट्ट र बैंकका प्रमुख कार्यकारी अधिकृत रत्नराज बज्राचार्यले हस्ताक्षर गरे ।
काठमाडौं । एनआईसी एशिया बैंकले बैशाख १६ गतेदेखि काठमाडौं उपत्यकाभित्र थप २ नयाँ शाखा कार्यालयहरुको औपचारिक उद्घाटन गरेको छ । बैंकले काठमाडौं महामनगरपालिका वडा नं १४, मेट्रो हल, कुलेश्वरमा र वडा नं ३२, कोटेश्वर कोटेश्वरमा शाखा विस्तार गरेको हो ।