एनआईसी एसियाको २८३ औं शाखा टोखाको ग्राण्डी अस्पतालको अगाडी |
काठमाडौं । एनआईसी एसिया बैकले २८३ औं शाखा टोखा नगरपालिकाकोे ग्राण्डी अस्पताल अगाडी खोलेको छ । मंगलबार उक्त शाखाको औपचारिक उद्घाटन टोखा नगरपालिकाका मेयर प्रकाश अधिकारीले गरेका हुन ।

कार्यक्रममा एनआईसी एसियाका उपप्रादेशिक प्रमुख तेजराज तिमल्सिना, वडा नं ६ का वडा अध्यक्ष रामेश्वर केसी, वडा नं. ३ का वडा अध्यक्ष सिंहराज श्रेष्ठ, बैकका शाखा प्रवन्धक सुशोवन थापा, बिन्दबासिनी स्कुलका प्रमुख बेखा नारायण डंगोल, लक्ष्मीपुर विद्यालयका प्रमुख हरि श्रेष्ठ, समाजसेबी सारदा अधिकारी, अधिवक्ता विनोद निरौला, महिला उद्यमी लक्ष्मी शर्मा, लगायत अन्य व्यक्तिहरुको उपस्थित रहेको थियो ।

कार्यक्रममा बोल्दै टोखा नगरपालिकाका मेयर प्रकाश अधिकारीले शाखाको उपस्थितिले टोखा नगपालिका आसपास रहेका सम्पूर्ण उद्योगी व्यवसायी संघ संस्था तथा सर्वसाधारणलाई बैकिङ कारोवार गर्न सजिलो हुने धारणा व्यक्त गरे ।

एनआईसी एसिया बैकले ग्राहकको सुबिधाको लागि एटीएम सहितको शाखा खोलेको हो । उक्त बैंकले मुलुकभर २८३ शाखा कार्यालय, २८९ एटीएम, ४१ वटा एक्सटेन्सन काउन्टरका साथै २६ वटा शाखा रहित बैकिङ इकाई मार्फत बैकिङ सेवा प्रदान गरिरहेको छ ।




