फिल्म निमार्णमा लुम्बिनी जेनेरल इन्स्योरेन्सको बीमा सुविधा |
काठमाडौं । फिल्म निमार्णको क्रममा कलाकार, प्राविधिक तथा प्रविधिमा आउने भैपरी समस्यालाई मध्यनजर गर्दै नेपाल चलचित्र निर्माता संघ र लुम्बिनी जेनेरल इन्स्योरेन्स बीच ‘चलचित्र प्रोजेक्ट बीमा’ का विषयमा सम्झौता भएको छ ।
राजधानीमा एक कार्यक्रमका बीच संघका तर्फबाट अध्यक्ष आकाश अधिकारी र इन्स्योरेन्सका तर्फबाट सिइओ एनपी प्रधानले सम्झौता पत्रमा हस्ताक्षर गरेका हुन ।
इन्स्यारेन्सका सीईओ प्रधानले फिल्म छायाकनका क्रममा हुने हानीको इन्स्योरेन्स कम्पनीले एक महिना भित्र भुक्तानी गर्ने बताए । उनले निर्माता संघका सदस्य संलग्न समितिले गरेको मुल्याङकन र सर्वेक्षकले निर्धारण गरेको रकम बीमा कम्पनिले भुक्तानी गर्ने समेत खुलाए ।
उनले भने ‘अहिलेको आवश्यकता अनुसार फिल्म बीमामा हामीले चासो दिएका छौं, फिल्म छायांकनको अवधिमा प्रविधि, प्राविधिक र कलाकारहरूलाई केही भयो भने त्यसको मूल्याङनको आभारमा सर्वे रिर्पोट पाएको एक महिना भित्र बीमा रकम प्रदान गरिनेछ । सुटिङ अवधिमा कुनै दुर्घटना वा केही नभएको खण्डमा बीमा रकम र्फिता हुने छैन’ ।



