शाकाहारीले प्रोटिनका लागि खानुस् यी १२ आहार |
स्वस्थ शरीरका लागि प्रोटिनको ठूलो महत्व हुन्छ । यसले शरीरको रक्त कोषिका फैलन सहयोग पु¥याउँछ । बढ्दै गरेका बालबालिकाको शारीरिक तथा मानसिक विकासमा यो अत्यावश्यक हुन्छ । एक अध्ययनअनुसार १ देखि ३ वर्षका बच्चाले प्रतिदिन १३ ग्राम प्रोटिन खानुपर्छ । त्यस्तै, ४ देखि ८ वर्षका बच्चाले १९ ग्राम, ९ देखि १३ वर्षकाले ३४ ग्राम र १४ देखि १८ वर्षसम्मका केटीले ४६ ग्राम तथा केटाले ५२ ग्राम प्रोटिन प्रत्येक दिन खानुपर्छ । शाकाहारी व्यक्तिले खानैपर्ने आहारबारे मदन लामिछानेले तयार पारेको रिपोर्ट यहाँ प्रस्तुत गरिएको छ ː
मटर

मटरमा फाइबर तथा प्रोटिन प्रचुर मात्रामा पाइन्छ, जसको सेवनले पेटको क्यान्सर हुनबाट बचाउँछ । मटरमा पोटासियम तथा म्याग्निसियम तत्व प्रशस्त मात्रामा पाइन्छ । यी दुवै खनिज तत्व शरीरलाई अति आवश्यक पर्छ । यसमा भिटामिन सी पनि पाइने हुँदा यसको सेवनले शरीर स्वस्थ राख्न सहयोग पुग्छ ।
ओखर

ओखर प्रोटिनको राम्रो स्रोत हो । यसमा चिल्लो पदार्थको मात्रा पनि हुन्छ । यसलाई खाजाका परिकारमा मिसाएर खान सके शरीरलाई आवश्यक पर्ने प्रोटिन प्राप्त हुन्छ ।
राजमा

राजमा सबैजसो व्यक्तिलाई मन पर्ने परिकार हो । यसमा प्रोटिनको मात्रा पर्याप्त हुन्छ । यो पकाउन सजिलो र स्वादिलोसमेत हुन्छ । आफ्नो इच्छाअनुसार यसलाई रोटी, भात, सलाद वा सुपमा राखेर खान सकिन्छ ।
दाल

दाल संसारभरमैै रुचाइने खाद्यपदार्थ हो । विभिन्न किसिमका गेडागुडीबाट दाल तयार पार्न सकिन्छ । यसलाई सुपको रूपमा वा प्याज तथा गाजर मिसाएर भातसँग खान सकिन्छ । एक कचौरा दालमा १२ ग्राम प्रोटिन हुने विशेषज्ञहरू बताउँछन् ।
ड्राई फूड

ड्राई फूडमा ठूलो मात्रामा प्रोटिन पाइन्छ । बदाम, काजु, पास्तालगायत सबै ड्राई पूmडको रूपमा खान सकिन्छ । १० ओटा बदाममा २ दशमलव ५ ग्राम प्रोटिन पाइन्छ ।
गेडागुडी

गेडागुडीमा प्रशस्त मात्रामा प्रोटिन पाइन्छ । भिजाएका गेडागुडी पकाउन पनि निकै सजिलो हुन्छ । प्रोटिनयुक्त अन्य खाद्यपदार्थको तुलनामा यसको मूल्यसमेत कम नै हुन्छ । यसलाई उसिनेर त्यसमा काँक्रो, गाँजर तथा हरियो धनियाँ राखेर खान सकिन्छ ।
बीउ

पाकेको फर्सीको बीउ ९ ग्राम, सूर्यमुखी ८ ग्राम र तिल ६ ग्राम खानामा समावेश गर्नुहोस् । यसमा प्रोटिनको मात्रा धेरै हुन्छ ।
कोदो

कोदोमा प्रोटिन, आइरन, क्याल्सियम तथा भिटामिन प्रशस्त मात्रामा पाइन्छ । शारीरिक वृद्धि र विकासका लागि यो निकै सहयोगी हुन्छ । यसलाई पिसेर रोटी बनाएर खान सकिन्छ ।
पनीर

पनीर हामी गेडागुडीमा मिसाएर खाने गर्छौं । तर, यसलाई अन्य थुप्रै परिकारमा पनि मिसाएर खान सकिन्छ ।
बदामको पेष्ट

बदाममा प्रोटिन भरपूर मात्रामा पाइन्छ । यसको पेष्ट स्डाबिजमा लगाएर खान सकिन्छ । यो नेपालीहरूका लागि नयाँ खाना हो । तर, यो निकै स्वादिलो हुनुका साथै स्वास्थ्यका लागि लाभदायकसमेत हुन्छ ।
गहुँको रोटी

गहुँको रोटीमा प्रोटिन तथा कार्बोहाइड्रेड पर्याप्त हुन्छ । यसलाई दिनहुँ खानासँगै खान सकिन्छ । गहुँका दुईओटा रोटी खानाले शरीरलाई ५ दशमलव २ ग्राम प्रोटिन प्राप्त हुन्छ ।
पालुङ्गो

पालुङ्गो प्रोटिनमात्र नभएर क्याल्सियम, पोटासियम, बिटा क्यारोटिनजस्ता पोषक तŒव पाइन्छ । पालुङ्गोको रस पिउनाले शरीर स्वस्थ राख्न निकै मद्दत पुग्छ ।
Visited 1 times, 1 visit(s) today


