नेपाली बजारमा सार्वजनिक भयो एसयुभी टुसान २०१९ |
काठमाडौं । लक्ष्मी इन्टरकन्टिनेन्टलले एसयुभी टुसान २०१९ नेपाली बजारमा विक्री शुरु गरेको छ । नयाँ टुसन पावर, सुविधा तथा लक्जरी खोज्ने ग्राहकका लागि उपयुक्त हुने कम्पनीको भनाई छ । लक्ष्मी इन्टरकन्टिनेन्टल हुन्डाइका लागि नेपालको आधिकारिक विक्रेता हो ।
नयाँ टुसानमा आधुनिक डिजाइनको लेडल्याम्प, पांग्राको बनोटलगायत उत्कृष्ट स्वरुप तयार गरिएको कम्पनीले उल्लेख गरेको छ । यसमा चालक तथा अन्य सिटमा भिन्न तहको समायोजन सुविधा, सिट तताउन मिल्ने तथा छालाको सिट कन्ट्रोल र ताररहित स्मार्टफोन चार्जिङ सुविधा पनि छ ।
लक्ष्मी इन्टरकन्टिनेन्टलले देशभर १४ वटा शोरुम तथा १६ वटा सर्भिस सेन्टरबाट ग्राहकलाई सेवा दिइरहेको छ ।
Visited 1 times, 1 visit(s) today


