हेटौंडा (आपास) । सिद्धार्थ बैंकले हेटौंडामा २४सै घण्टा एटीएम सेवा शुरू गरेको छ । बैंकले ग्राहकको मागलाई ध्यानमा राखी हेटौंडाको नारायणी मलमा रात्रिकालीन एटीएम सुविधासमेत शुरू गरिएको बैंकले जानकारी दिएको छ ।
सल्यान । सल्यानको एक विद्यालयले प्रतिविद्यार्थी ३ सय रुपैयाँ उठाएर विद्यार्थीहरूलाई स्कूलमै खाजा खुवाउन थालेको छ । छत्रेश्वरी गाउँपालिका– ५, लेखपोखरास्थित कालिका प्राथमिक विद्यालयले बाँकी पैसा विद्यालयले नै जोहो गरेर दिवा खाजा खुजाउन शुरू गरेको हो ।
काठमाडौं (आपास) । सनराइज बैंकले आफ्ना बचत खाताका ग्राहकलाई बीमा रकम भुक्तानी गरेको छ । बैंकले ‘स्वास्थ्य बीमा सुविधा’अन्तर्गतको रकम भुक्तानी गरेको हो ।
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली केही बेरअघि ११९ सदस्यीय जम्बो टोलीका साथ छिमेकी मुलुक चीनको ६ दिने भ्रमणका लागि त्यसतर्फ प्रस्थान गरेका छन् । चीनका प्रधानमन्त्रीको निमन्त्रणामा प्रम ओली आज बिहान ८ः३० बजे हिमालयन एयरलाइन्सको विमान चार्टर गरी त्यसतर्फ प्रस्थान गरेका हुन् ।
काठमाडौं । नेपाल र जापानबीच हालै हवाई उडानसम्बन्धी सम्झौतामा पुनरवलोकन गरिएको छ । संस्कृति पर्यटन तथा नागरिक उड्ययन मन्त्रालयका अधिकारी र जापानी उड्ययन अधिकारीबीच भएको वार्तापछि सम्झौता पुनरवलोकन भएको मन्त्रालयले जानकारी दिएको हो ।
काठमाडौं । नयाँ विमान भित्र्याउने तयारीमा रहेको नेपाल वायु सेवा निगमले असार ११ गते नै नयाँ विमान काठमाडौं आइपुग्ने बताएको भएको छ । निगमले ल्याउन लागेका दुईवटा एयरबसमध्ये २५० सिट क्षमताकोे एयरबस काठमाडौं आइपुग्न लागेको हो ।
काठमाडौं (आपास) । नेपाल आयल निमगले डिजेल, मट्टीतेल र पेट्रोलको मुल्य घटाएको छ । निगमले अन्न्तरराष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको भाउ घटेपछि पेट्रोलमा लिटरमा तीन रुपैयाँ र डिजेल तथा मट्टीतेलमा दुई, दुई रुपैयाँ मूल्य घटाएको हो ।
काठमाडौं । २०७२ वैशाखबाट ट्रयाक खोल्ने काम शुरु गरेको नेपाली सेनाले नेपाल र चीनको सीमा नाका रसुवागढीलाई लक्षित गरी सडकको स्तरोन्नति कार्य अघि बढाएको छ ।
काठमाडौं (आपास) । सिटिजन्स बैङ्कले विराटनगरमा आफ्नै भवनबाट सेवा शुरू गरेको छ । बैङ्कले आइतवादेखि रङ्गेली रोडमा रहेको आप्mनै भवनबाट बैङ्किङ कारोबार सञ्चालन गरेको हो ।
काठमाडौं (आपास) । चौधरी फाउण्डेशनले तीनओटा विद्यालयमा ‘डिजिटल क्लास रूम’को अवधारणा कार्यान्वयनमा ल्याएको छ । चौधरी फाउण्डेशनका अध्यक्ष विनोद चौधरीले नवलपुरका विद्यालयमा स्थापित डिजिटल क्लास रूमको शनिवार उद्घाटन गरेका हुन् ।